खोलामा बगेर बालकको मृत्यु

खोलामा बगेर बालकको मृत्यु
सांकेतिक तस्बिर

दमक : खोलामा बगेर दमक-१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ।

आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन्।

प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन्।

साउन २८, २०८२ बुधबार ०९:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।