कजारियाद्वारा काठमाडौंमा भव्य ‘आर्क एन्ड अरे’ आर्किटेक्ट मिट

कजारियाद्वारा काठमाडौंमा भव्य ‘आर्क एन्ड अरे’ आर्किटेक्ट मिट

काठमाडौं : भारतको नम्बर १ टायल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट, ‘आर्क एन्ड अरे’, काठमाडौंको सोल्टी होटलमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रख्यात आर्किटेक्टहरू, इन्फ्लुएन्सरहरू र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू भेला भएका थिए।।

कार्यक्रमको सुरुवात कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको प्रभावकारी प्रस्तुतिबाट भएको थियो। उनले कम्पनीको विश्वव्यापी उपलब्धिहरू, नेपालमा उत्पादन विस्तार, कलात्मकता र दिगोपनप्रतिको प्रतिबद्धताका बारेमा प्रकाश पारे।

यस अवसरमा सहभागीहरूले कजारियाका प्रिमियम टायल संग्रहहरूको अवलोकन गरे, जहाँ विभिन्न आकारका टायलहरू प्रदर्शनमा राखिएका थिए। यसमा लार्ज-फर्म्याट ग्लेज्ड भिट्रिफाइड टायलहरू (६०x१२० सेमी, ८०x१६० सेमी, १२०x१८० सेमी, र १२०x२४० सेमी) देखि लिएर अन्य विभिन्न आकारहरू (६०x६० सेमी, ४०x४० सेमी, ३०x६० सेमी, ३०x४५ सेमी, र १९.५x१२० सेमी) का टायलहरू समावेश थिए।

कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक सञ्जय अग्रवालले नवीन डिजाइन, स्थानीय उत्पादन र सहकार्यमार्फत नेपालको वास्तुकलाको परिदृश्यलाई नयाँ उचाइमा पुऱ्याउने कम्पनीको लक्ष्य रहेको बताए।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरी नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड र अत्याधुनिक प्रविधि प्रयोग गरी निर्मित कजारियाले आधुनिक सजावटका बदलिँदा रुचिहरूलाई सम्बोधन गर्दै चार हजारभन्दा बढी डिजाइन विकल्पहरू प्रदान गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो सञ्जालका साथ कजारिया प्रिमियम टायल्सको क्षेत्रमा एक स्थापित नाम बन्न सफल भएको छ। कम्पनीले विभिन्न प्रकारका ग्लेज्ड भिट्रिफाइड टायल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल्स, र सेरामिक वाल टायल्स उपलब्ध गराउँछ।

साउन २८, २०८२ बुधबार ०९:३४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।