रास्वपाको महामन्त्री दाबी गर्दै मुकुलले हालेको रिट सर्वोच्चले गर्‍यो खारेज

रास्वपाको महामन्त्री दाबी गर्दै मुकुलले हालेको रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले दाबी गरेको महामन्त्री पदसम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले मंगलबार ढकालको रिट निवेदन खारेज गर्ने आदेश सुनाएको हो।

यसअघि सर्वोच्चले विवादित निर्णय र पत्राचारसम्बन्धी सबै कागजात पेश गर्न आदेश दिँदै रास्वपाबाट लिखित जवाफ समेत मागेको थियो। तर अन्ततः ढकालको माग अस्वीकार गर्दै अदालतले रिट नै खारेज गरिदिएको हो।

रास्वपाले तत्कालीन महामन्त्री रहेका ढकाललाई पार्टी सदस्यता र पद दुवैबाट निष्कासन गरेको थियो। निष्कासनपछि उनले आफूलाई पार्टीले नभई अध्यक्ष रवि लामिछानेको ‘क्लब’ ले निकालेको आरोप लगाउँदै सार्वजनिक रूपमा आक्रोश पोख्दै आएका छन्।

साउन २७, २०८२ मंगलबार १७:५८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।