२६ अंकले घट्दै २८ सय बिन्दुभन्दा तल झर्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं : मंगलबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ। नेप्से परिसूचक घटेर २८ सय बिन्दुभन्दा तल झरेर आज २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो दिनको तुलनमा यसदिन कारोबार रकम पनि घटेको छ।
आज कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ। सोमबार १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेको छ। फ्लोट इण्डेक्स १.८४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.३३ अंकले घटेको छ।
यसदिन सिटि होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५७.७८ रुपैयाँले बढेर ६३६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११६.१९ रुपैयाँले बढेर २७९२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, हिमालयन बैंक लिमिटेडको बोन्डको मूल्य प्रतिकित्ता ४३.७६ रुपैयाँले बढेर ११३८.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने कृषि विकास बैंकको डिबेन्चरको शेयर मूल्य प्रतिकित्ता ३९.३९ रुपैयाँले बढेर ११२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन सिकलेस हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ११४.५५ रुपैयाँले घटेर १०३२.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १७९.७४ रुपैयाँले घटेर प्रतिकित्ता २०६६.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, लक्ष्मी लघुवित्त वित्तिय लसंस्था लिमिटेडको शेयर मूल्य पनि प्रतिकित्ता ७०.९५ रुपैयाँले घटेर १०८४.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन, सिवम सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड, लुम्बीनी विकास बैंक, र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ।
साउन २७, २०८२ मंगलबार १६:००:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।