तामाकोशीमा बगेर वृद्ध बेपत्ता, खोजी जारी

रामेछाप : मन्थली नगरपालिका-७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन्।
भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईंले जानकारी दिए।
बिहान नदीमा नुहाएर घर गएका प्रसाईँ पुनः खाना खाएर नदीमा गएका थिए। नदी किनारमा लुगा खोलेर नुहाउन पसेका प्रसाईँ बगेर बेपत्ता भएका हुन्।
‘नदीको पानीमा अलि तलसम्म हात हल्लाएको एक जनाले देखेका रहेछन्’, उनले भने।
घटनाको बारेमा बिहान १०ः३० बजेतिर जानकारी आउने बित्तिकै घटनास्थलमा पुगी नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेको रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए। स्थानीय र प्रहरी खोजी गरिरहेका छन्।
वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताए।
‘कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तरपनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने।
साउन २७, २०८२ मंगलबार १४:०३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।