सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं : गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ।
सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार तीन सयले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छ।
सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ। सोमबार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो।
गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो। सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो।
साउन २७, २०८२ मंगलबार ११:३३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।