बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, बैठक नयाँ भवनमा

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, बैठक नयाँ भवनमा

बागमती :  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्।अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्।

नेपाली कांग्रेस र एमालेका ६४ प्रदेशसभा सदस्यको समर्थनमा यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन्।

सत्ता साझेदार दल कांग्रेस र एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेका छन्।

आजदेखि प्रदेशसभाको बैठक सचिवालयको नवनिर्मित भवनमा सञ्चालन हुने भएको छ। करिब पाँच करोड २९ लाखको लागतमा निर्माण भएको यो भवन ठेक्का सम्झौता भएको झन्डै पाँच वर्षपछि सम्पन्न भएको हो।

आजको बैठक नयाँ भवनमा बस्ने पहिलो बैठक हुनेछ।

साउन २७, २०८२ मंगलबार ०८:३०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।