शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

काठमाडौं : शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बनेको छ।

नेपालमा पहिलोपटक हुन लागेको यो कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक र गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनी विशेष अतिथि रहनेछन्।

सेमिनार भदौ १२ गते (अगस्ट २८, २०२५) बिहीबार, काठमाडौंको होटल मेरियट, नक्सालमा बिहान १०:३० बजेदेखि अपराह्न ५:०० बजेसम्म चल्नेछ।

शिवम् सिमेन्टले आफ्ना नवीन, अद्वितीय र इनोभेटिभ गतिविधिहरूका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान बनाएको छ। ‘शिवम् सन्देश’ र ‘नो कम्प्रमाइज’ जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पुर्याउँदै आएको यो ब्रान्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै आफ्नो ब्रान्ड भ्यालु मजबुत बनाएको छ।

यसै क्रममा, यो मेगा बिजनेस सेमिनारमा सहकार्य गर्दै शिवम् सिमेन्टले डा. उज्ज्वल पाटनी जस्तो विश्वस्तरीय मोटिभेसनल स्पिकरसँग मिलेर सहभागीहरूलाई व्यवसायीक प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।

साउन २६, २०८२ सोमबार २०:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।