गोल्छा ग्रुपद्वारा ग्लोकल टीन हिरो २०२५ का ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक

काठमाडौं : गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टीन हिरो २०२५ अन्तर्गतको ग्लोकल २० अन्डर २० सूची यस वर्ष पनि सार्वजनिक भएको छ।
आयोजक ग्लोकल प्रा.लि.ले सामाजिक सञ्जालमार्फत घोषणा गरेको यो सूचीमा नेपालभरका प्रतिभाशाली र प्रेरणादायी २० जना किशोर-किशोरीको नाम समावेश छ।
यो ११औँ संस्करणको कार्यक्रम किशोर-किशोरीमा रहेको उत्साह, सिर्जनशीलता र समाजमा पुर्याएको प्रभावलाई सम्मानित गर्ने उद्देश्यले हुँदै आएको हो। यस वर्षको अवार्ड समारोह र सम्मेलन सेप्टेम्बर १ मा हुने छ, जहाँ ‘ग्लोकल टीन हिरो नेपाल’ को विजेता पनि सार्वजनिक गरिनेछ।
२०७५ देखि हरेक वर्ष आयोजना हुँदै आएको यो कार्यक्रममा १३ देखि १९ वर्ष उमेरका, पढाइसँगै सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि, स्वास्थ्य वा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका युवाहरूलाई छनोट गरिन्छ।
यसपटक आवेदनको अन्तिम मिति जुलाई ३० भएसँगै जम्मा भएका ७८६ आवेदनमध्येबाट सम्मानित निर्णायक समितिले सबैको पहल, प्रभाव र उपलब्धिको आधारमा उत्कृष्ट २० जनाको सूची तयार पारेको हो।
यस वर्षको ‘ग्लोकल २० अन्डर २०’ मा प्रविधि, सामाजिक सेवा, वातावरण संरक्षण, कला, स्वास्थ्य सचेतना र उद्यमशीलतासहितका क्षेत्रका नयाँ पुस्ताका परिवर्तनकारी अनुहारलाई मान्यता दिइएको छ।
साउन २६, २०८२ सोमबार २०:५२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।