‘कश्यप’ मा अभिनेत्री बन्दै टिकटकर आभा

काठमाडौं : नेपाली फिल्मका निर्माता-निर्देशकहरू धेरैजसो प्रतिभाभन्दा पनि चर्चा र ट्रेन्डको पछि लाग्ने गर्छन्। तर टिकटकबाट आएका धेरै कलाकारहरू भने ठूलो पर्दामा खासै जम्न सकेका छैनन्।
यही क्रममा फिल्म ‘कश्यप’ निर्माण टिमले टिकटकमा चर्चित आभा ढुंगानालाई अभिनेत्रीका रूपमा अनुबन्ध गरेको छ।
निर्देशक दिनेश जी खड्कासहितको टिमले उनलाई औपचारिक रूपमा साइन गर्दै कथाको मागअनुसार नै लिएको दाबी गरेको छ।
आभासँगै बालकलाकार रिद्धि खत्रीलाई पनि अडिसनमार्फत चयन गरिएको निर्माण पक्षले जनाएको छ।
यसअघि अभिनेता सविन श्रेष्ठलाई एक्सन हिरोका रूपमा अनुबन्ध गरिँदा एक साताअघि उनको फिचर पोस्टर पनि सार्वजनिक भइसकेको छ।
साउन २६, २०८२ सोमबार २०:४१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।