आउटरिचले भारतमा जित्यो १३ अवार्ड

आउटरिचले भारतमा जित्यो १३ अवार्ड

काठमाडौं : आउटरीच नेपालले आफ्ना एक्टिभेशन तथा डिजिटल पार्टनरहरू लेमन र डिजिटलीइनसँग मिलेर ‘पनिफ्लेम अवार्ड्स साउथ ईस्ट एशिया २०२५’ मा १३ प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ।

यो समारोह ८ अगस्टमा भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारका मा सम्पन्न भएको थियो। आउटरीचले युनिलिभरका लागि ७, सामसुङका लागि २, एनसेलका लागि २, माउन्टेन ड्युकका लागि १ र शिखर इन्स्योरेन्सका लागि १ पुरस्कार प्राप्त गरेको छ। कुल १३ पुरस्कारमध्ये ३ स्वर्ण, ५ रजत र ५ काँस्य पुरस्कार रहेका छन्।

फ्लेम अवार्ड्स रुरल मार्केटिङ एसोसियसन अफ इन्डियाले आयोजना गरेको यो कार्यक्रम व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गरिन्छ। यस वर्ष भारत, नेपाल, बंगलादेश र थाइल्याण्डका कम्पनीहरूले सहभागिता जनाएका थिए।

निर्णायक प्रक्रिया अर्न्स्ट एण्ड यङले आधिकारिक रूपमा अडिट गरेको थियो। निर्णायक मण्डलको सह-अध्यक्षतामा विस्ले इन्टरनेशनलका सीइओ एन्जेलो जर्ज र सिडवर्क्स इन्टरनेशनल लिमिटेडका प्रबन्ध निर्देशक तथा सीइओ डा. वेङ्कट्राम वसन्तवाडाले गरेका थिए।

निर्णायक मण्डलमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञसँगै दक्षिण पूर्व एशियाका १५ भन्दा बढी ख्यातिप्राप्त विशेषज्ञहरू थिए।

आउटरिचका संस्थापक उजय शाक्यले क्लाइन्ट पार्टनरहरूको निरन्तर सहयोग र विश्वासप्रति धन्यवाद ज्ञापन गर्दै टिमको समर्पण र सिर्जनशीलताका कारण पुरस्कार जित्न सफल भएको बताए। उनले भने, ‘मेरो टिमको समर्पण, सिर्जनशीलता र जोशले मलाई हरेक दिन प्रेरणा दिन्छ।’

यसैगरी, उजय शाक्यलाई रुरल मार्केटिङ एसोसियसन अफ इन्डिया (आरएमएआई) को नेपाल च्याप्टरको नेतृत्व गर्ने जिम्मेवारी समेत दिइएको छ।

साउन २६, २०८२ सोमबार १६:५७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।