दलहरूले ‘नेपाल बाहिर पनि नेपाल छ’ भन्ने कुरा आत्मसात गर्न जरुरी छ : डा. प्रकाश शरण महत

बेल्जियम : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभर जनसम्पर्क समितिलाई सक्रिय बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा आयोजित युरोपका जनसम्पर्क समिति प्रतिनिधिहरूको भेलामा मन्तव्य राख्दै उनले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र यहाँ धेरै प्रतिबद्ध व्यक्तिहरू सक्रिय भएकाले बेल्जियम समितिको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए।
पूर्वी युरोपका रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया र बुल्गेरिया भ्रमणको अनुभव सुनाउँदै उनले ती क्षेत्रमा ठूलो संख्यामा नेपाली बसोबास हुने भएकाले त्यहाँ जनसम्पर्क समिति विस्तार गर्न जरुरी रहेको उल्लेख गरे।
साथै, जहाँ पहिले नै समिति छ र नेपालीको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश भइसकेको छ, त्यस्ता देशमा समितिलाई अझ सक्रिय बनाउनुपर्नेमा पनि उनले जोड दिए।
डा. महतले डेनमार्कमा देखिएको समस्या समाधान गरी संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थिति विस्तार तथा एकीकरणतर्फ अघि बढ्नुपर्ने बताए। उ
उनले पार्टीहरूले ‘नेपाल बाहिर पनि नेपाल छ’ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको बताउँदै, नेपाली कांग्रेस यस दिशामा अग्रसर रहेको स्पष्ट पारे।
विदेशमा बस्ने नेपालीको विषयमा निर्णायक कदम चाल्ने पार्टी नेपाली कांग्रेस नै भएको उनको दाबी थियो।
साउन २६, २०८२ सोमबार १६:४२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।