इजरायली आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु

एजेन्सी : अल जजीराले गाजाको अल-शिफा अस्पताल नजिक भएको इजरायली हमलामा आफ्ना चार पत्रकारको मृत्यु भएको जनाएको छ।
अल जजीराका अनुसार, इजरायली हमलाको समयमा संवाददाता अनस अल-शरिफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोहम्मद नौफल अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा थिए।
करिब दुई हप्ताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ) को निन्दा गर्दै गाजामा अल-शरिफ लगायत आफ्ना पत्रकारहरूविरुद्ध चलाइएको अभियान 'उत्तेजक अभियान' भएको बताएको थियो।
हमलाको केही समयपछि आईडीएफले अनस अल-शरिफमाथि हमला गरेको पुष्टि गरेको छ। आईडीएफले टेलिग्राममा पोस्ट गर्दै उनी "हमासमा एक आतंकवादी समूहको प्रमुखको रूपमा कार्यरत थिए" भनेर उल्लेख गरेको छ।
आईडीएफले हमलामा मारिएका अन्य कुनै पनि पत्रकारको बारेमा उल्लेख गरेको छैन।
अल जजीराका प्रबन्ध सम्पादक मोहम्मद मोआवादले बीबीसीसँगको कुराकानीमा अल-शरिफ गाजाभित्रबाट समाचार दिने विश्वको ‘एकमात्र आवाज’ भएको बताएका छन्।
साउन २६, २०८२ सोमबार ०९:०३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।