टिभिएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ्ग सार्वजनिक

टिभिएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ्ग सार्वजनिक

काठमाडौं : नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा २०२५ मा टिभिएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङमा सार्वजनिक गरेको छ।

प्रिमियम डिजाइन, बहुउपयोगी प्रदर्शन र आधुनिक राइडर–मैत्री सुविधासहित आएको यस मोडेलले मोटरसाइकल प्रेमीहरूको ध्यान खिचेको छ।

हल बी को स्टल एल ३ ए मा प्रदर्शित रोनिन २२५ ले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ र बहुउद्देश्यीय क्षमताको संयोजन प्रस्तुत गरेको छ। यो सहरभित्रको दैनिक यात्रादेखि साहसिक एड्भेन्चरसम्मका लागि उपयुक्त मानिएको छ।

यसमा रहेको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ। साथै, अर्बन र रेन राइडिङ मोडबीच सहज रूपमा स्विच गर्न सकिने भएकाले विभिन्न सडक र मौसम परिस्थितिमा पनि विश्वस्त नियन्त्रण मिल्ने कम्पनीको दाबी छ।

साउन २५, २०८२ आइतबार २०:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।