चीनको फोर्थिङ ईभी नेपाली बजारमा

चीनको फोर्थिङ ईभी नेपाली बजारमा

काठमाडौं : नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन बजारमा सक्रिय लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो ईभी ब्रान्ड ‘फोर्थिङ’लाई आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको छ। नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ गतिशील बनाउन यो कदमलाई महत्त्वपूर्ण मानिएको छ।

फोर्थिङको पहिलो मोडेल ‘फ्राइडे ईभी’ साउन २ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको हो। यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजना गरिएको हो।

स्मार्ट डिजाइन र अत्याधुनिक ईभी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फ्राइडे ईभी’मार्फत आफ्नो उपस्थिति औपचारिक रूपमा सुरु गरेको छ।

यो मोडेलले उच्च प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई एकसाथ प्रस्तुत गर्दै नेपाली ग्राहकको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने दाबी कम्पनीले गरेको छ।

फ्राइडे ईभी दुई भेरियन्ट-लक्जरी र एक्सक्लुसिभमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख तोकिएको छ। नाइमा प्रदर्शनीको विशेष अफरअन्तर्गत, फोर्थिङले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटो+बीमा सुविधा प्रदान गरिरहेको छ।

यसअन्तर्गत ग्राहकले लक्जरी भेरियन्ट रु ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट रु ५४.९६ लाखमा खरिद गर्न सक्नेछन्।

साउन २५, २०८२ आइतबार २०:२८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।