फोटोन नेपालको ‘मेगा मनसुन सर्भिस क्याम्प’ आजदेखि सुरू

फोटोन नेपालको ‘मेगा मनसुन सर्भिस क्याम्प’ आजदेखि सुरू

काठमाडौं : फोटोन नेपालले आजदेखि देशभरका सबै आधिकारिक सर्भिस सेन्टरमा दुई महिने ‘मेगा मनसुन सर्भिस क्याम्प’ सुरु गरेको छ।

वर्षायाममा सवारीलाई सुरक्षित र भरपर्दो बनाउन लक्षित यस अभियानमा पिकअप, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन मोडेल समेटिएका छन्।

क्याम्प अवधिभर ग्राहकहरूले स्पेयर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, निःशुल्क सवारी वाश, ग्रीजिङ र आँखाको स्वास्थ्य परीक्षण सुविधा पनि उपलब्ध हुनेछ। फोटोन टोटल केयरका दक्ष प्राविधिकहरूले पावरट्रेन, इलेक्ट्रिकल कम्पोनेन्ट, चेसिस र अन्य महत्त्वपूर्ण प्रणालीको निःशुल्क विस्तृत परीक्षण गर्नेछन्।

फोटोनले यो पहल वर्षायाममा बढी देखिने मेकानिकल समस्या रोकथामका लागि ल्याएको हो। यसले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका सवारी धनीलाई आकस्मिक खराबीबाट बचाउन सहयोग पुर्याउने कम्पनीको दाबी छ।

साउन २५, २०८२ आइतबार २०:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।