
अस्ट्रेलियामा क्रिकेट खेलाडीले नयाँ जर्सी लगाउने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन्।
नेपाली गार्मेन्टमा उत्पादित जर्सीलाई शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले प्रायोजन गरेको छ। नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ।
दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन्। जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए।
यसैगरी क्यानले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो। टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ।
साउन २५, २०८२ आइतबार १९:५०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।