अस्ट्रेलियामा जाने राष्ट्रिय क्रिकेट टोलीलाई गरियो बिदाइ, ललितको ठाउँमा शाहव आलम खेल्ने

अस्ट्रेलियामा जाने राष्ट्रिय क्रिकेट टोलीलाई गरियो बिदाइ, ललितको ठाउँमा शाहव आलम खेल्ने

काठमाडौं : टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलियामा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो। 

अगस्ट १४ बाट सुरु हुने सिरिजका लागि नेपाली टोली सोमबार अस्ट्रेलिया उड्ने छ। अस्ट्रेलिया जाने खेलाडीमा एक परिवर्तन भएको छ। मातृशोकमा परेका ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन्।

नेपाली टीममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम रहेका छन्। 

नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया जानु अघि नयाँ जर्सी प्रायोजन पनि सार्वजनिक गरिएको छ। आइतबार क्यान र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता गरिएको हो।

साउन २५, २०८२ आइतबार १९:०९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।