भक्तपुरमा ‘घिन्ताङ घिसी ट्वाक’ ( तस्बिरहरू )

भक्तपुरमा ‘घिन्ताङ घिसी ट्वाक’ ( तस्बिरहरू )

भक्तपुर : भक्तपुरको गाईजात्रा पर्व देशभरमा सबैभन्दा आकर्षक र रमाइलो मानिन्छ। यस पर्वको मुख्य आकर्षण हो ‘घिन्ताङ घिसी नाच’, जहाँ भक्तपुरका जात्रालुहरू ‘घिन्ताङ घिसी ट्वाक’ गीत गाउँदै नाँच्ने गर्छन्, जसले जात्रामा छुट्टै रंग थप्छ।

शुक्रबार बिहानै भक्तपुरका नगरवासीहरूले तलेजुको ताहामचा बनाई नगर परिक्रमा गरेसँगै गाईजात्रा पर्व औपचारिक रूपमा सुरु भयो। यो पर्व मुख्यतया दिवङ्गत आफन्तहरूको सम्झना र उनीहरूको आत्मशान्तिका लागि मनाइन्छ र प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदा देखि कृष्ण जन्माष्टमीसम्म चल्ने गर्छ।

काठमाडौं उपत्यका र वरपरका ठाउँबाट हजारौं मान्छे भक्तपुरको यो सांस्कृतिक पर्व हेर्न आउने गर्छन्। गाईजात्रामा देशभरका विभिन्न घटना र सामाजिक विषयहरूलाई पनि नाटक र चित्रमार्फत प्रस्तुत गरिन्छ, जसले यो पर्वलाई अझ रोचक बनाउँने गर्छ। 

साउन २५, २०८२ आइतबार १८:०९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।