क्रिकेटर ललितलाई मातृशोक

क्रिकेटर ललितलाई मातृशोक

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ।

६० वर्षीया शुभकुमारी राजवंशीको आइतबार बिहान निवासमै निधन भएको हो। उनी लामो समयदेखि दमको समस्याबाट पीडित भएको पारिवारिक स्रोतले जानकारी दियो।

अभ्यासको क्रममा काठमाडौंमा रहेका ललित आमाको निधनको खबर पाएपछि आइतबार नै विराटनगर पुगेका थिए।

साउन २५, २०८२ आइतबार १७:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।