एसियन कप छनोटमा उत्तर कोरियासँग नेपालले खायो ११ गोल

एसियन कप छनोटमा उत्तर कोरियासँग नेपालले खायो ११ गोल

काठमाडौं : एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो हार ब्यहोरेका छ। नेपाल उत्तर कोरियासँग ११-० गोल अन्तरले पराजित भएको हो।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा साविक विजेता उत्तर कोरियाले पहिलो हाफमै ५ गोल गर्दै अग्रता लिएको थियो। दोस्रो हाफमा थप ६ गोल गरेपछि उनीहरूले नेपालको सम्भावनालाई समाप्त पारेको थियो।

समूहका सबै तीन खेल जितेको उत्तर कोरियाले ९ अंकसहित शीर्ष स्थानमा रहँदै अर्को वर्ष थाइल्यान्डमा हुने मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्यो। 

नेपालले यसअघि पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले हराएको थियो। 

साउन २५, २०८२ आइतबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।