मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।

शनिबार काठमाडौंमा बसेको बैठकले कांग्रेसका सांसदहरूलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको हो।

विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न प्रदेशसभाको बैठक यही साउन २७ गते दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ।

यसैगरी, सो बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ। प्रदेश सदस्यहरू श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन्।

यसैगरी, बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ। सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन्।

साउन २५, २०८२ आइतबार ०७:४७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।