‘नाइमा नेपाल मोबिलिटि एक्पो २०२५’ मा बेनेली र मोर्बिडेलीको शानदार उपस्थिति

काठमाडौं : ‘नाइमा नेपाल मोबिलिटि एक्पो २०२५’ मा विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्डहरू बेनेली र मोर्बिडेलीले आफ्नो शानदार प्रदर्शन र आकर्षक अफरहरूसहित राइडिङ प्रेमीहरूलाई प्रभावमा पारेका छन्।
बेनेलीले आफ्नो १२५ सीसी पानारिया स्कुटरमा रु ५०,००० को विशेष छुट र अन्य मोडलहरूमा रु १ लाखसम्मको नगद छुटको घोषणा गरेको छ। यी आकर्षक अफरहरूले ग्राहकहरूमा उत्साह थपेको छ र बेनेलीको स्टलमा भीड बढ्दै गएको छ।
मोर्बिडेलीको साहसिक नवप्रवर्तनमोर्बिडेलीले यो एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी २५० एक्स र टी ३५२ एक्स पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोटरसाइकलहरू विशेष रूपमा एड्भेन्चर राइडिङका लागि डिजाइन गरिएका छन्, जसले शक्ति, शैली र टिकाउपनको उत्कृष्ट संयोजन प्रदान गर्छन्।
यी मोडलहरूले दर्शक र ग्राहकहरूबाट व्यापक प्रशंसा प्राप्त गरेका छन्, जसले नेपाली राइडिङ संस्कृतिमा नयाँ आयाम थप्ने संकेत गरेको छ। राइडिङ सपना साकार गर्ने अवसर एक्सपोमा बेनेली र मोर्बिडेलीको स्टलहरू राइडिङ प्रेमीहरूका लागि प्रमुख आकर्षण बनेका छन्।
नवीनतम प्रविधि, स्टाइलिश डिजाइन र आकर्षक अफरहरूले भरिपूर्ण यी ब्रान्डहरूले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह भरेका छन्।
साउन २४, २०८२ शनिबार २०:३९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।