उत्तराखण्डको भीषण बाढीमा हराइरहेका १३ नेपालीको सकुशल उद्धार

काठमाडौं : भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपाली सकुशल उद्धार भएका छन्।
दिल्लीस्थित नेपाली दूतावासकाले १३ जना नेपालीको सकुशल उद्धार भएको जानकारी दिएको छ।
उद्धार भएकामध्ये बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह, गंगा, दिनेश, सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन्।
उद्धार गरिएका मध्य बिरेन्द्रलाई शुक्रबार उद्धार गरिएको थियो भने अन्य १२ जनाको शनिबार उद्धार भएको उत्तराखण्ड स्थानीय प्रशासन दूतावासलाई जानकारी दिएको छ।
साउन २४, २०८२ शनिबार २०:१८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।