ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले बाँधे राखी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा राखी बाँधेका छन्। बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीले प्रधानमन्त्रीको हातमा राखी बाँधिदिएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत उक्त क्षणको जानकारी दिँदै लेखेका छन्, ‘आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीलाई धन्यवाद!’
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर धुमधामका साथ मनाइएको छ।
साउन २४, २०८२ शनिबार १८:३७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।