२.४४ प्रतिशत घट्यो साताको सेयरबजार, कारोबार रकम पनि घटेको घट्यै

२.४४ प्रतिशत घट्यो साताको सेयरबजार, कारोबार रकम पनि घटेको घट्यै

काठमाडौं : यो साता नेप्से परिसूचक २.४४ प्रतिशतले घटेर २ हजार ८ सय ५० विन्दुमा झरेको छ। पाँच दिनको कारोबारमा तीन दिन बजार घट्दा दुई दिन मात्र सामान्य वृद्धि देखिएको हो।

आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले बजार घटेको थियो । त्यसैगरी, बिहीबार भने १८.३० अंकले बजार उकालो लागेको छ।

यससँगै यो साता समग्र कारोबार रकम पनि घटेको छ। साताको सुरुवातमा १३ अर्ब ७ करोड रुपैयाँको शेयर कारोबार हुँदा अन्तिम दिनसम्म ८ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ। गत साता ९६ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको २१ करोड ७८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको १२ करोड ९६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ।

यो साता सबैभन्दा बढी लाभ माइक्रोफाइनान्स समूहका लगानीकर्ताले पाएका छन्। समाज लघुवित्तका लगानीकर्ताले १८.२६% नाफा कमाए भने अन्य उल्लेखनीय कमाउने कम्पनीहरूमा सिक्लेस हाइड्रोपावर (१४.२६%), विन नेपाल लघुवित्त (१४.०४%), महुली लघुवित्त (१४.०४%) र लिबर्टी इनर्जी (११.१७%) रहेका छन्।

गतसाता नेप्से परिसूचक  २.०१ प्रतिशतले घटेर २ हजार ९ सय २२ मा झरेको थियो।

साउन २४, २०८२ शनिबार १६:५९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।