विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युतमा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताए।
‘हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन्।
साउन २४, २०८२ शनिबार १६:२४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।