दुई फरक ‘मूड’का पोस्टर सार्वजनिक गर्दै फिल्म ‘पार्वती’ले तोक्यो प्रदर्शन मिति

काठमाडौं : रक्षा बन्धनको अवसर पारेर नीता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्।
नायिका नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्म प्रदर्शन मिति घोषणा सहित २ पोस्टर सार्वजनिक भएका हुन्। निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ।
सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि,सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले उनको निराशता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ।
फिल्मको कथा नीता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन्। निर्माण पक्षका अनुसार,‘पार्वती’ हास्य,भावना र सामाजिक सन्देश मिसिएको कथा हो,जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्साइनेछ।
असोजबाट छायांकनमा निस्किने यो फिल्मको कथाकार तथा प्राविधिक को-को रहने छन् भन्ने बारेमा निर्माण पक्षले खुलाएका छैनन्। निर्देशक अधिकारीका अनुसार केही दिनमा कलाकार तथा थप प्राविधिकहरूको जानकारी दिइने छ। उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ भने उपत्यका बाहिर एफडी कम्पनी रहेको छ।
साउन २४, २०८२ शनिबार १५:५९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।