फिल्म जहाजका दुई कलाकार माग्ने र सौगातले किन साइनिङ अमाउन्ट फिर्ता गरे !

फिल्म जहाजका दुई कलाकार माग्ने र सौगातले किन साइनिङ अमाउन्ट फिर्ता गरे !

काठमाडौं : फागुन १ गतेको रिलिज मिति तोकेर विदेशी अभिनेत्रीलाई समेत अनुबन्ध गरेको फिल्म जहाजैमा सुटिङका लागि फ्लोरमा जानु अगाडि नै दुई मुख्य कलाकारले फिल्म छाडेका छन्।  जापानमा रहेका नेपालीको लगानीमा बनाउने तयारी भएको फिल्ममा जापानमा अभिनय गरेकी फिलिपिनो अभिनेत्री रुचेल इचिमियासमेत अनुबन्ध भएकी छिन्।

फिल्ममा केदार घिमिरे (माग्ने), सौगात मल्ल, कर्मा, वर्षा सिवाकोटी, अनुभव रेग्मी लगायतका कलाकार अनुबन्ध भएका छन्। साउन अन्तिम साताबाट फिल्म छायाङ्कनमा जाने तयारीमा रहेकै बेलामा छायाङ्कनमा जानु अगाडि नै दुई मुख्य कलाकार फिल्मबाट बाहिर भएका छन्। फिल्मको निर्देशकमा कृषा चौलागाईँ अनुबन्धित भइसकेकी छिन्।

केदार घिमिरे र सौगात मल्लले लिएको साइनिङ अमाउन्ट फिर्ता गरेको स्रोतले उकेरालाई जानकारी दियो। तर फिल्मका प्रड्युसर उज्ज्वल गुरागाईँले अभिनेता सौगात मल्लले साइनिङ अमाउन्ट फिर्ता गरे पनि केदार घिमिरेले भने फिर्ता नगरेको दाबी गरे।

उकेरासँग कुरा गर्दै उनले सौगातको स्वास्थ्य समस्याका कारण फिल्म छायाँकनमा जान तोकिएको समयमा सुटिङमा उपस्थित हुन नसक्ने भन्दै साइनिङ अमाउन्ट फिर्ता गरे पनि फिल्मको टिमबाट भने अलग नभइसकेको दाबी गरे। उनले फिल्म निर्माणमा कुनै समस्या नभएको दाबी समेत गरे।

स्क्रिप्टमा अझैँ काम गर्न बाँकी भएकाले तोकिएको समय भन्दा केही ढिला फिल्म छायाँकनमा जानसक्ने दाबी गर्दै उनले भने 'फिल्म पक्का बन्छ। भदौ पहिलो सातामा छायाँकनमा जाने तयारी थियो। तर केही प्राविधिक काम बाँकी भएकाले ढिलामा दशैँ अगाडि हामी सुटिङमा जान्छौ।' फिल्म निर्माणको काम भइरहेकाले लगानी यती नै हो भन्ने र कसैलाई दिएको साइनिङ अमाउन्ट फिर्ता भएको वा नभएको भन्ने पक्ष नै गलत भएको उनले दाबी गरे।

सच्याइएको : (यस अगाडि प्रकाशित समाचारमा फिल्म नबन्ने र ८० लाख  निर्माता गुरागाईँले अझैँ फिर्ता नपाएको उल्लेख भएकोमा फिल्मका निर्माताले नै दशैँ अगाडि फिल्म छायाँकनमा जाने र फिल्म निर्माणकोक्रम नरोकिएको दाबी गरेकाले यस अगाडि समाचारमा उल्लेख गरिएका ती प्रशंग र समाचारको हेडलाइन सच्याइएको छ। फिल्म निर्माण हुन्छ या हुन्न यसबारे उकेराले फलोअप गर्ने नै छ।)

साउन २४, २०८२ शनिबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।