मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता

मुस्ताङ : मुस्ताङमा जङ्गलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन्।
बागलुङको जिल्ला निसी खोला गाउँपालिका-६ घर भई हाल मुस्ताङको घरपझोङ-५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा कार्यरत २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यायल मुस्ताङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा सोही स्थानमा रहेको धुम्बा खोला तर्ने क्रममा अचानक खोलामा पानीको बाहव बढ्न गई उनलाई बेपत्ता बनाएको हो।
धुम्बा खोलाले युवालाई बगाउँदा बेपत्ता भएको खबर सोही स्थानमा बस्ने डिल्लीजङ्ग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई खबर दिएका थिए।
लगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए।
साउन २४, २०८२ शनिबार ०७:५७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।