नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न, ४४० अभिकर्ता सम्मानित

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न, ४४० अभिकर्ता सम्मानित

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ ‘लायन वर्ष: लिड, रोअर, रिपिट’ नाराका साथ सोल्टी होटलमा सम्पन्न भएको छ।

साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रममा देशभरिका ४४० उत्कृष्ट एजेन्सी मेनेजर र अभिकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १० अर्बको प्रथम बीमा शुल्क संकलन गरेको उपलब्धिका लागि सम्पूर्ण अभिकर्ता र कर्मचारीलाई धन्यवाद दिएको थियो।

उक्त समारोहमा १११ जना एजेन्सी मेनेजर र ३२९ जना व्यक्तिगत अभिकर्तालाई सम्मान गरिएको थियो। साथै, ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो।

एजेन्सी मेनेजरतर्फ नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोडतर्फ सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरलाई नगदसहित अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति पनि रहेको थियो।

साउन २३, २०८२ शुक्रबार १९:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।