
६३०० एमएएच ब्याट्रीसहितको रियलमी सी ७१ नेपाली बजारमा

काठमाडौं : छोटो समयमै विश्वभर लोकप्रिय बनेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल रियलमी सी ७१ नेपाली बजारमा सार्वजनिक गरेको छ। यो फोन कम बजेटमै आकर्षक फिचर खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको कम्पनीले जनाएको छ।
रियलमीका अनुसार सी ७१ को ६३०० एमएएच क्षमताको ब्याट्रीले एकचोटि चार्ज गर्दा दुई दिनसम्म टिक्न सक्छ। ४५ वाटको फास्ट चार्जिङ सपोर्टले ब्याट्रीलाई छोटो समयमै भरिदिन्छ।
फोनको सुरक्षा पक्ष पनि विशेष छ। १.८ मिटर उचाइबाट खस्दा पनि नबिग्रिने "शक रेसिस्टेन्स ५" प्रविधि, IP64 धूलो तथा पानी प्रतिरोध, र आर्मर शेल डिजाइनले यो फोनलाई झनै मजबुत बनाउँछ।
डिस्प्लेतर्फ, यसमा १२० हट्र्ज रिफ्रेस रेट भएको स्क्रीन दिइएको छ, जसले स्क्रोलिङ र भिडियो हेर्दा स्मूथ अनुभव प्रदान गर्छ। ५० मेगापिक्सेलको एआई क्यामेराले फोटो खिच्न चाहने प्रयोगकर्तालाई स्पष्ट र आकर्षक तस्बिर दिन्छ।
प्रोसेसरतर्फ, यो फोनमा टी ७२५० अक्टा–कोर चिपसेट छ, जसले गेम खेल्दा, एप खोल्दा वा भिडियो हेर्दा सहजता दिन्छ। एआई स्मार्ट सिस्टमले प्रयोगकर्ताको प्रयोग बानीअनुसार फोनको अनुभवलाई अझ प्रभावकारी बनाउँछ।
४०० प्रतिशत अल्ट्रा बूम स्पिकर र एनएफसी सपोर्टले यो फोनलाई संगीत सुन्ने र कन्ट्याक्टलेस भुक्तानी गर्न चाहनेका लागि उपयोगी बनाएको छ। एनएफसी सुविधा यो मूल्यमा कमै फोनहरूमा पाइन्छ।
रु. १५,९९९ मूल्यमा उपलब्ध रियलमी सी७१ हाल ४+१२८ जिबी भेरियन्टमा छ। प्रयोगकर्ताले यसलाई ह्वाइट स्वान र फरेस्ट आउल रंगमा रोज्न सक्छन्। छिट्टै नै ६+१२८ जिबी स्टोरेज भएको संस्करण पनि बजारमा आउने कम्पनीले जनाएको छ।
साउन २३, २०८२ शुक्रबार १७:५०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।