पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

कञ्चनपुर : शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। 

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । नदीमा पानीको बहाव बढ्दै गइरहेको प्रहरीले जनाएको छ। 

साउन २३, २०८२ शुक्रबार १७:११:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।