काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

काठमाडौं : नेपालकै पहिलो र एकमात्र पूर्ण भिट्रिफाइड टायल्स उत्पादक कम्पनी लेमिनार टायल्सले काठमाडौंको थलीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ।

थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै कम्पनीले शुक्रबार एक औपचारिक समारोहबीच ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरेको हो।

उद्घाटन समारोहमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ, लेमिनार टायल्सका निर्देशक श्याम खेतान र आशुतोष खेतानले संयुक्त रूपमा शोरूम उद्घाटन गरे।

समारोहमा बोल्दै निर्देशक श्याम खेतानले कम्पनीले देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिए। अर्का निर्देशक आशुतोष खेतानले लेमिनार टायल्स बलियो, टिकाउ र अन्य टायल्सभन्दा ब्रेकिङ स्ट्रेन्थ तथा लोड बियरिङ क्षमता धेरै रहेको दाबी गरे।

बर्दिया जिल्लाको गुलरिया स्थित १२.५ बिगाहा क्षेत्रफलमा स्थापना गरिएको अत्याधुनिक युरोपियन प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स उत्पादन हुँदै आएको छ। कम्पनीले पाँच फरक साइजमा ५०० भन्दा बढी आकर्षक डिजाइनका टायल्स बजारमा ल्याइसकेको छ।

लेमिनारका टायल्सहरू ९९.९२% वाटरप्रुफ हुने पूर्ण भिट्रिफाइड टायल्स हुन्। उच्च गुणस्तरको कच्चा पदार्थ र उन्नत उत्पादन प्रक्रियाका कारण यी टायल्स अन्य सामान्य सिरेमिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दाबी छ।

साउन २३, २०८२ शुक्रबार १६:३३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।