पेनाल्टीमा चुकेको नेपाललाई शुक्रियाले दिलाइन सफलता, साउदी अरेबिया १-० ले पराजित

पेनाल्टीमा चुकेको नेपाललाई शुक्रियाले दिलाइन सफलता, साउदी अरेबिया १-० ले पराजित

काठमाडौं : एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि जित निकालेको छ।

शुक्रबार भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० ले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो। 

खेलको ९० औं मिनेटमा शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जिताउन सफल भइन्। उनले मिना देउवाको पासमा गोल गरेकी थिइन्।

यसअघि नेपालले पेनाल्टीमार्फत अग्रता लिने मौका पाएको थियो। तर मिना देउवाको प्रहार पोस्टको बारमा लाग्दै फर्किएको थियो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक भुटानसँग १-१ को बराबरी खेलेको थियो। 

नेपालको समूहमा अहिले सबैभन्दा बलियो टोली मानिएको उत्तर कोरियासँग खेल्न बाँकी छ। उक्त खेल आइतबार हुनेछ।

साउन २३, २०८२ शुक्रबार १६:१६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।