
‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरूलाई राखी बाध्न पुगे विद्यार्थी

एजेन्सी : ‘अपरेशन सिन्दूर’ले सफलता पाएको भन्दै जम्मूको अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवानहरूले रक्षाबन्धन मनाएका छन्। जवानहरूलाई विद्यार्थीहरूले राखी बाँधेर खुशी साटेका थिए।
राष्ट्रको रक्षा गरिरहेका बहादुर सिपाहीहरूको नाडीमा राखी बाँध्दा खुसी लागेको सहभागीहरूले प्रतिक्रिया दिए।
विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने ‘वास्तविक दाजुभाइ’ भन्दै प्रशंसा समेत गरे।
यस्तै जवानहरूले विद्यार्थीहरू आएर राखी बाँध्दा घरको याद दिलाएको भन्दै ‘हामी कहिल्यै एक्लो हुँदैनौं,’ भन्ने महसुस भएको प्रतिक्रिया दिए।
रक्षाबन्धन वा राखी बान्ने कार्यक्रमले भावनालाई सम्मान मात्र नगरी राष्ट्रिय एकताको प्रतीक मानिएको सहभागीहरूले बताए।
सीमामा बाँधिएका राखीहरूले प्रेम र सम्मानका धागोहरूले सबैभन्दा कठिन अग्रपंक्तिहरूलाई पनि बलियो बनाउन सक्छन् भन्ने सम्झना गराएको जवानहरूको भनाइ थियो।
गत मे ७ तारिखमा भारतीय सेनाले पाकिस्तानका सात सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो।
साउन २३, २०८२ शुक्रबार १५:३६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।