बाँसघारीमा फेला पर्‍यो ३९६ किलो गाँजा

बाँसघारीमा फेला पर्‍यो ३९६ किलो गाँजा

सप्तरी : सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका-५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७  पोकामा राखिएको सो गाँजा बरामद गरेको हो।

साउन २३, २०८२ शुक्रबार १४:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।