सुनको मूल्यमा नयाँ कीर्तिमानी

सुनको मूल्यमा नयाँ कीर्तिमानी

काठमाडौं : नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड राखेको छ।

सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साउन २३, २०८२ शुक्रबार १३:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।