भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सघाउनेलाई ५ करोड डलर पुरस्कार दिने अमेरिकी घोषणा

भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सघाउनेलाई ५ करोड डलर पुरस्कार दिने अमेरिकी घोषणा

एजेन्सी : अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीमा मद्दत गर्ने सूचना दिनेलाई दिइने पुरस्कार रकम दोब्बर बढाउँदै ५ करोड अमेरिकी डलर पुर्याएको छ।

अमेरिकी प्रशासनले मादुरोमाथि ‘विश्वका सबैभन्दा ठूला लागूऔषध तस्करमध्ये एक’ भएको आरोप लगाउँदै आएको छ। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोका कट्टर आलोचक मानिन्छन्।

गत जनवरीमा विवादास्पद निर्वाचनपछि मादुरोले पुनः सत्ता सम्हालेका थिए, तर उक्त निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो।

अमेरिकी एटर्नी जनरल पाम बोंडीका अनुसार, यसअघि घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार अब दोब्बर गरी ५ करोड डलर गरिएको हो। उनका अनुसार मादुरो प्रत्यक्ष रूपमा लागूऔषध तस्करीमा संलग्न छन्।

तर भेनेजुएलाका विदेश मन्त्री इभान गिलले यो नयाँ पुरस्कार घोषणालाई ‘निरर्थक’ भन्दै ‘राजनीतिक दुष्प्रचार’को संज्ञा दिएका छन्।

साउन २३, २०८२ शुक्रबार १२:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।