करेन्ट लागेर किसानको मृत्यु

करेन्ट लागेर किसानको मृत्यु

राजविराज : आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका-३ कटैयामा एक जनाको ज्यान गएको छ।

स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ।

बस्नेतका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो।

साउन २३, २०८२ शुक्रबार ०८:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।