रविलाई कारागारमा पत्रिका समेत पढ्न नदिएको भन्दै बाबुरामले गरे गुनासो

रविलाई कारागारमा पत्रिका समेत पढ्न नदिएको भन्दै बाबुरामले गरे गुनासो

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागारमा पत्रिका समेत पढ्न नदिएको भन्दै गुनासो पोखेका छन्। लामिछानेलाई भेट्न बिहीबार भैरहवा कारागार पुगेका भट्टाराईले लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँग बोल्दै यस्तो बताएका हुन्।  

भट्टराईले रवि लामिछाने जनताको प्रतिनिधि भएकाले उनलाई जमानतमा राखेर मुद्दा सामना गर्न दिने व्यवस्था गर्नुपर्ने समेत बताए। 

'रवि लामिछानेमाथि अन्तिम फैसला आइसकेको छैन। उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ। कसैले भाग्न सक्छ, थप अपराध गर्न सक्छ भन्ने ठानेर हिरासतमा राखिन्छ। तर रविजस्ता राजनीतिक जनप्रतिनिधि भागेर सुख पाउँदैनन् भन्ने सामान्य अनुमान गर्न सकिन्छ। त्यसैले यस्ता व्यक्तिहरूलाई जमानतमा राखेर मुद्दा सामना गर्न दिने व्यवस्था हुनु उपयुक्त हुन्थ्यो,' उनले भने। 

उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताए। 

 

साउन २२, २०८२ बिहीबार १६:२१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।