‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा पुग्दा जे देखियो (तस्विरहरू)

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा पुग्दा जे देखियो (तस्विरहरू)
तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा दोस्रो दिन बिहिबार पनि सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।  

एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन्।  

बुधबार एक्स्पोमा एसयूभी सेगमेन्टका सात कम्पनीले नयाँ मोडलका गाडी र दुईपाङ्ग्रे सवारी साधन लन्च गरिएको थियो। विभिन्न कम्पनीहरूले एक्स्पोमार्फत विभिन्न अफर समेत सार्वजनिक गरेका छन्। 

व्यवसायीहरूले नयाँ मोडलका सवारी साधन लन्चसँगै विशेष छुट घोषणा गरेका छन्। एक्स्पोको स्टलमा २९ लाखदेखि सवा करोड रुपैयाँसम्मका गाडी छन्।

एक्स्पोमा बीवाईडीको सिंगल, महिन्द्राका दुईवटा ईभी बीई-६, ओमोड एण्ड जेको जे-५, एक्सइभी ९ ई, ग्याकससको मिफा-७ एमपीभी र फोर्थिङ फ्राइडे लगायत कम्पनीले नयाँ मोडलका गाडी लन्च गरिएका छन्। यस्तै मिफा विद्युतीय गाडीको आधिकारिक वितरक हिमालय मोटरेक्सले मिफा-७ विद्युतीय गाडी विशेष अफरसहित एक करोड २५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ। 

माटरेक्स कम्पनीका अनुसार नाइमा अटो एक्स्पोमा मिफा-७ बुक गर्ने ग्राहकले १० लाख र इटेरोन-९ पिकअप बुक गर्नेले ५ लाखसम्म नगद छुट पाउनेछन्। कम्पनीका अनुसार मिफा-७ मा ९० किलोवाट आवरको ब्याट्रीले ६३५ किलोमिटरसम्मको रेन्ज दिनेछ।

बुधबार नेपाल प्रहरी क्लबको सगरमाथा हलमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटनपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो। एक्स्पो पाँच दिनसम्म चल्ने छ।


 

साउन २२, २०८२ बिहीबार १५:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।