१३ खुड्किलो माथि उक्लँदै फिफा वरीयताको ८७ औं स्थानमा पुग्यो नेपाली महिला फुटबल टोली

काठमाडौं : नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै ऐतिहासिक सफलता पाएको छ।
विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औं स्थानमा पुगेको हो। यो नेपाली महिला टोलीको हालसम्मकै सुधारिएको वरीयता हो।
यसअघि नेपाल ९१औं स्थान थियो। हालै सम्पन्न महिला एसियन कप छनोटमा शानदार प्रदर्शन गरेपछि नेपालको वरीयता सुधारिएको हो।
फिफा महिला वरीयताको शीर्ष स्थानमा स्पेन रहेको छ भने अमेरिका एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेको छ।
पहिले १०० औं स्थानमा रहेको नेपालले हालको वरीयतामा ४६.४९ अंकको प्रगति गर्दै ८७ औं स्थानमा स्थान बनाएको हो । एसियाली मुलुकहरूमध्ये नेपाल अहिले १६औं स्थानमा छ।
साउन २२, २०८२ बिहीबार १५:०९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।