सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को प्रि-अर्डर खुला, अहिलेसम्मकै सबैभन्दा एड्भान्स जेड सिरिज

सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को प्रि-अर्डर खुला, अहिलेसम्मकै सबैभन्दा एड्भान्स जेड सिरिज

काठमाडौं : सामसङको ‘ग्लोबल ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमा सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू, ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७, अब नेपालमा प्रि-अर्डरका लागि उपलब्ध भएका छन्।

सामसङ नेपालले यी फोनहरूको प्रि-अर्डर २०८१ साउन २२ देखि २९ गतेसम्म खुला रहने घोषणा गरेको छ।

सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का ग्यालेक्सी जेड फोल्ड७ मा अत्याधुनिक डिजाइन, शक्तिशाली क्यामेरा र ग्यालेक्सी एआईका स्मार्ट फिचरहरू छन्।

ठूलो डिस्प्ले, फ्लेक्स मोड, सुधारिएको मल्टिटास्किङ र ब्याट्रीले यसलाई अझै उपयोगी बनाएको छ। यस नयाँ संस्करणमा अझ बलियो हिन्ज, तीव्र प्रोसेसर, चम्किलो स्क्रिन र २०० मेगापिक्सेलको एआई-इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश छ।

ग्यालेक्सी जेड फ्लिप७ पनि पहिलेभन्दा पातलो, टिकाउ र पोर्टेबल छ। यसको ‘फ्लेक्स विन्डो’ अझ ठूलो र प्रयोग गर्न सजिलो बनाइएको छ। यसमा प्रिमियम क्यामेरा, उत्कृष्ट स्ट्याबिलाइजेसन, सटीक रङ र लामो समय टिक्ने ब्याट्री जस्ता विशेषताहरू छन्।

दुवै नयाँ फोनमा ‘जेमिनी लाइभ’ फिचर उपलब्ध छ, जसले ठूलो स्क्रिनमा स्क्रिन सेयरिङ र रियल-टाइम सपोर्टलाई सम्भव बनाउँछ। साथै, क्यामेराबाट कुनै वस्तुमा फोकस गरी त्यससम्बन्धी प्रश्न सोधेर तुरुन्तै जवाफ पाउन सकिन्छ।

यसमा भएको जेमिनी एआईले यात्रा वा व्यस्त समयमा लेख्न, अनुवाद गर्न र कामहरू व्यवस्थित गर्न सहज बनाउँछ। साथै, ‘स्केच टु इमेज’ फिचरले प्रयोगकर्ताले बनाएको सामान्य स्केचलाई तुरुन्तै आकर्षक तस्बिरमा रूपान्तरण गरिदिन्छ, जुन रचनात्मक कार्यका लागि निकै उपयोगी छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी जेड सिरिजले प्रविधिमा मात्र नभई मानिसले स्मार्टफोन प्रयोग गर्ने तरिकामा पनि नवीनता ल्याएको छ।  हामी नेपाली ग्राहकहरूले यसलाई कसरी अपनाउनुहुन्छ भनेर हेर्न उत्साहित छौँ।’

मूल्य र प्रि-अर्डर अफरहरू
ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ का २५६ जीबी भेरियन्टहरू २०८१ साउन २२ देखि २९ गतेसम्म प्रि-अर्डरका लागि उपलब्ध हुनेछन्।

१. ग्यालेक्सी जेड फोल्ड७ (२५६ जीबी)
मूल्य: रु. २,४४,९९९
प्रि-अर्डर अफर:
निःशुल्क ५१२ जीबी मेमोरी अपग्रेड (रु. १५,००० बराबरको)
निःशुल्क ग्यालेक्सी बड्स३ प्रो (रु. ३१,९९९ बराबरको)

२. ग्यालेक्सी जेड फ्लिप७ (२५६ जीबी)
मूल्य: रु. १,५४,९९९
प्रि-अर्डर अफर:
निःशुल्क ग्यालेक्सी बड्स३ (रु. २२,९९९ बराबरको)

थप सुविधाहरू:
ब्रेकेज इन्स्योरेन्स: सामसङले ग्राहकलाई एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत १ वर्षको लागि एकपटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स सुविधा प्रदान गर्नेछ। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सबाट ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सहज किस्ताबन्दी सुविधा लिन सक्नेछन्। यसका लागि नागरिकताको प्रतिलिपि भए पुग्नेछ।

साउन २२, २०८२ बिहीबार ११:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।