फोटोनको ‘मेगा मनसुन सर्भिस क्याम्प’ साउन २५ देखि

काठमाडौं : फोटोन गाडीको लागि ‘मेगा मनसुन सर्भिस क्याम्प’ आयोजना हुने भएको छ।
फोटोन टोटल केयरले एमएडब्लू वृद्धिसँगको सहकार्यमा आगामी साउन २५ गतेदेखि यो क्याम्प सञ्चालन गर्न लागेको हो।
कम्पनीका अनुसार वर्षायाममा सुरक्षित यात्रा सुनिश्चित गर्न र सवारीधनीलाई विशेष छुट प्रदान गर्न यो क्याम्प आयोजना गरिएको हो।
क्याम्पमा निःशुल्क बम्पर-टु-बम्पर चेकजाँच, गाडी वासिङ तथा ग्रिजिङ तथा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुट सुविधा पाउनेछन्।
यो सर्भिस क्याम्प नेपालभर फोटोनका ट्रक, भ्यान तथा अन्य व्यावसायिक गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ।
साउन २२, २०८२ बिहीबार १०:५३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।