बीवाईडी एट्टो १ नेपालमा सार्वजनिक, मूल्य २९ लाख

बीवाईडी एट्टो १ नेपालमा सार्वजनिक, मूल्य २९ लाख

काठमाडौं : बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक ‘बीवाईडी एट्टो १’ सार्वजनिक गरेको छ।

कम्पनीले नाइमा मोबिलिटी एक्सपो २०२५ मा एक कार्यक्रम आयोजना गरी यो गाडी लन्च गरेको हो।

विश्व बजारमा ‘बीवाईडी सिगल’ नामले परिचित यो गाडीलाई नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि ‘गेम चेन्जर’ को रूपमा प्रस्तुत गरिएको छ।

वर्ल्ड कार अवार्ड्समा ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’ को उपाधि विजेता यो ईभीले मूल्य, सुरक्षा र नवीन प्रविधिको संयोजन गरेको कम्पनीको दाबी छ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गर्दै नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तन ल्याएका छौँ। यो केवल इन्ट्री-लेभल ईभी मात्र नभई, सहरी जीवनशैली र हरित भविष्यका लागि डिजाइन गरिएको एक क्रान्ति हो।’

यो गाडी बीवाईडीको उन्नत ई-प्लेटफर्म ३.० मा आधारित छ र यसमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। सेल-टु-बडी प्रविधिले गाडीको बनावट र सुरक्षालाई थप सुदृढ बनाएको छ।

नेपालमा यो गाडीको डाइनामिक र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध छ। ३०.०८ किलोवाट आवर ब्याट्री र २३० किलोमिटर रेन्जको दाबी गरिएको डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

यस्तै ३८.८८ किलोवाट आवर ब्याट्री र ३०० किलोमिटर रेन्ज दाबी गरिएको  प्रिमियम भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

नाइमा मोबिलिटी एक्स्पोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष अफर ल्याएको छ। जस अन्तर्गत नगद छुट, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर र १० वर्षको एक्सटेन्डेड वारेन्टी र निःशुल्क एप कनेक्टिभिटी उपलब्ध गराउने कम्पनीले जनाएको छ।

साउन २२, २०८२ बिहीबार १०:१४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।