महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ५७ लाख

काठमाडौँ : महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नाइमा नेपाल मोबिलिटि एक्सपोमा अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू, बिइ-सिक्स र एक्सइभि-नाइन-इ सार्वजनिक गर्यो।
यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित रहेको र संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मायाबाट सञ्चालित रहेको कम्पनीले जानकारी दिएको छ।
बिइसिक्स ‘प्याक वन अभोब, प्याक टु, र प्याक थ्रि सेलेक्ट’ को भेरियन्टहरूमा उपलब्ध छ भने एक्सइभी नाइनइ पनि ‘प्याक टु, प्याक थ्रि सेलेक्ट, र प्याक थ्रि’ मा उपलब्ध हुनेछ। महिन्द्राले यी सबै भेरियन्टहरूको बुकिङ खुला गरिसकेको छ।
सार्वजनिक कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरले नेपाली बजारमा दुबै मोडल सार्वजनिक गर्दै विद्युतीय मोबिलिटिको नयाँ अनुभव उपलब्ध गराउने बताए।
उनले नेपाली बजार निरन्तर परिवर्तन हुने र स्वच्छ उर्जाका प्रविधिहरूलाई अपनाउने भन्दै यी एसयुभिहरूले नेपाली ग्राहकहरूको लागि उत्कृष्ट पर्फमेन्स, इन्टेलिजेन्स र डिजाइनलाई समायोजन गर्दै अत्याधुनिक इनोभेसनको प्रतिनिधित्व गर्ने बताए।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले महिन्द्राका इलेक्ट्रिक ओरिजिन एसयुभिहरू नेपालमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित रहेको बताए। उनले बुधबार सार्वजनिक दुबै फ्युचर-रेडि’प्रोडक्टहरू रहेको र उदाउँदो नेपालको आधुनिक ग्राहकहरूको परिस्कृत आकांक्षाहरूलाई प्रतिबिम्बित गर्ने बताए।
साउन २१, २०८२ बुधबार २१:५४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।