भोल्क्सवागन नेपालले ‘विर्टस’ र ‘टाइगुन जिटी प्लस सार्वजनिक

भोल्क्सवागन नेपालले ‘विर्टस’ र ‘टाइगुन जिटी प्लस सार्वजनिक

काठमाडौं :  भोल्क्सवागन नेपालले नाइमा अटो शो २०२५ को पहिलो दिन दुई अत्याधुनिक मोडेल विर्टस र टाइगुन जिटी प्लस १.५ टिएसआइ सार्वजनिक गरेको छ।

यी दुवै गाडी नेपाली सवारी बजारमा पावर, सुरक्षा र जर्मन इन्जिनियरिङको गौरवसहित नयाँ मापदण्डको स्थापना गर्ने उद्देश्यसहित ल्याइएको कम्पनीको दाबी छ। कार्यक्रममा नेपालका जर्मनका राजदूत उडो वोल्ज प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

यसअघि नेपाली बजारमा सफल रहेको १.० लिटर TSI इन्जिन ले प्रति लिटर २० किलोमिटरसम्मको माइलेज दिएको थियो। त्यसको निरन्तरतास्वरूप भोल्क्सवागनले अब १५० पिएस पावर उत्पादन गर्ने १.५ लिटर TSI EVO इन्जिन सहितको नयाँ संस्करण सार्वजनिक गरेको हो। यी गाडीमा प्रयोग भएको एक्टिभ सिलिन्डर निष्क्रियता प्रविधिले इन्धन बचतमा समेत उल्लेखनीय प्रभाव पार्ने कम्पनीको दाबी छ।

१८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स भएको विर्टस एक प्रिमियम मिड-साइज सेडान हो। स्टाइल, पावर र सन्तुलनको मिश्रणका रूपमा प्रस्तुत गरिएको विर्टस विशेषगरी शक्ति र दक्षतामा सम्झौता गर्न नचाहने ग्राहक लक्षित रहेको कम्पनीले जनाएको छ।

१ सय ८८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७-स्पिड डिएसजी गियरबक्ससँगै सशक्त बनावटसहितको टाइगुन GT Plus 1.5 TSI नेपाली भौगोलिक अवस्था अनुसार तयार गरिएको र शहरका भिडभाडपूर्ण सडकदेखि उकालो–ओरालोमा समेत सहज नियन्त्रण र सन्तुलन दिने कम्पनीले जानकारी दिएको छ।

दुवै गाडीमा ६ वटा एयरब्याग, इलेकट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल र मल्टी-कलिजन ब्रेकिङ प्रणाली जस्ता सुरक्षा सुविधा रहेको ग्लोबल एनक्यापद्वारा पाँच तारे सुरक्षा प्राप्त गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा भोल्क्सवागनका तर्फबाट बोल्दै शेल्जी जोसेफ ले यी दुवै मोडेल सडक पूर्वाधार र इन्धन मापदण्डलाई ध्यानमा राखेर डिजाइन गरिएकाले नेपालका सडकमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताइन्। स्पेयर पार्ट्सको मूल्य भारतीय बजारसँग समान राखिएकाले नेपाली प्रयोगकर्ताका लागि मर्मत खर्च समेत कम हुने उनको दाबी छ। 

भोल्क्सवागन नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे ले भोल्क्सवागन पुनः फर्किएको र यस पटक अझ मजबुत भएर आएको बताए।

यी दुवै मोडेलको बुकिङ नेपालभरका भोल्क्सवागन शोरूमहरूमा खुला गरिएको छ। साउन २१ बाट सुरु भएको नाइमा अटो शो २०२५ को अवधिभर टेस्ट ड्राइभको सुविधा समेत उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

साउन २१, २०८२ बुधबार १८:४२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।