बीवाईडीको अल-न्यु बीवाईडी एट्टो-१ सार्वजनिक, मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार
काठमाडौं : नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको हो। विश्वव्यापी रूपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको शहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बन्ने कम्पनीको दाबी छ।
वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि प्राप्त गरेको ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको कम्पनीको दाबी छ।
‘बीवाईडी एट्टो १ मार्फत हामीले नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौ’, साइमेक्स इंकका सिइओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो।’
एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको कम्पनीले जानकारी दिएको छ।
यस्तो छ विशेषता
नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन्। डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ।
प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ। यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ।
नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
साउन २१, २०८२ बुधबार १८:२२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।