एमएमए फाइटर  रवीन्द्रसँग भेट्दै राष्ट्रपतिले भने ‘नेपालीलाई गौरवको विषय’

एमएमए फाइटर  रवीन्द्रसँग भेट्दै राष्ट्रपतिले भने ‘नेपालीलाई गौरवको विषय’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाटसँगको भेट्दै उनले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए।

राष्ट्रपति भवन शीतल निवासमा ढाटसँग भेट्दै उनले देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्ने बताए।

पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले उपाधि जित्नु नेपालीहरूको लागि गौरवको विषय भएको बताए। 

साउन २१, २०८२ बुधबार १६:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।